काठमाडौं । हङकङ जारी त्रिकोणात्मक टी- २० सिरिजको उपाधिका लागि नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल भिडन्त बुधबार नेपाली समयअनुसार पौने १२ बजे सुरू हुनेछ ।
मंगलबार भएको दोस्रो खेलमा पपुवा न्यूगिनीले घरेलु टिम हङकङलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेसँगै फाइनलमा भिड्ने दुई टिमको टुंगो लागेको हो ।
यसअघि मंगलबार नै नेपालले पपुवा न्यूगिनीमाथि ८५ रनको जित निकालेर फाइनलमा स्थान पक्का गरेको थियो । नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल भने वर्षाका कारण रद्द हुँदा दुवै टिम अंक बाढ्न बाध्य भएका थिए ।
लिग चरणको खेल सकिँदा नेपालले ३ अंक जोड्यो भने पिएनजीले २ अंक बटुल्यो । १ अंक जोडेको हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ ।