काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी,कान्तिबजार,महोत्तरीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र वरिष्ठ हवल्दार मन्जित कुमार झालाई घुससहित नियन्त्रणमा लिएको छ ।
यादवले व्यक्तिले लिजमा लिइ भोगचलन गर्दै आएको जग्गामा खेतिपाति तथा व्यवसाय गर्न बाधा अवरोध पुर्याएको हुँदा बाधा अवरोध रोक्नको लागि महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गराएकोमा उक्त बाधा अवरोध रोकी विद्यालयले ठेक्का दिई भोगचलन गर्न चलन पूर्जी दिएको सो जग्गा र जग्गामा भएको फलफुलहरू, खेतिपाति उपभोग गर्न कुनै प्रकारको अवरोध सिर्जना गराउने कार्य नगर्नुरनगराउनु भनी महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्नको लागि छलफल गराउने भनी सेवाग्राहीसंग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजूरीको आधारमा झा र यादवको साथबाट सेवाग्राहीसँग लिएको २० हजार घुससहित नियन्त्रणमा लिईएको अख्तियारले जनाएको छ ।
उनीहरुलाई महोत्तरीको गौशाला नगरपालिका वडा नं। १२ स्थित गैरीटोलबाट आइतबार नियन्त्रणमा लिईएको र थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।