चेक लिस्टसहित आएका छौँ, कम्प्रोमाइज हुन्न : गृहमन्त्री लामिछाने



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरू केही समय ‘होमवर्क’मा रहने बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत गृहमन्त्री लामिछानेले चेक लिष्टसहित आफूहरु सरकारमा आएकाले होमवर्क मा रहने बताएका हुन् ।

उनले भनेका छन्, ‘चेक लिस्ट’ सहित आएका छौ । ‘कम्प्रोमाइज’ हुन्न। केही समय ‘होम वर्क’ मा रहनेछौं ।’ नयाँ सत्ता समीकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ४ मन्त्रालयसहित सरकारमा सहभागी भएको छ ।


तर विपक्षी दल नेपाली कांग्रेसले भने लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको भन्दै उनी मन्त्री बनेकोमा आपत्ति जनाउँदै आएको छ । उसले आगामी संसद बैठकमा यसै विषयलाई मुद्दा बनाएर अघि बढ्ने तयारी गरेको छ ।