काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । शुक्रबार दिउँसो ३ बजे सचिवालय बैठक बोलाइएको महासचिव घनश्याम भूसालले जानकारी दिए । उनका अनुसार पार्टीको पहिलो महाधिवेशनको तयारीका लागि सचिवालय बैठक बस्न लागेको हो ।
महाधिवेशनका लागि दस्तावेज तयार पार्न एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालसहित चारजना नेतालाई जिम्मा दिइसकेको छ । अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन तयार पार्नेछन् ।
झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले पार्टी विधान र महासचिव भूसालले संगठनात्मक प्रस्ताव तयार पार्नेछन् । एकीकृत समाजवादीको पहिलो महाधिवेशन आगामी जेठ ३ गतेबाट सुरू हुँदैछ ।