अन्तर्राष्ट्रिय आप्रवासन संगठन(आइओएम) ले केन्यामा १० लाखभन्दा बढी विदेशी आप्रवासीहरू रहेका जनाएको छ । आइओएम केन्याका मिसन प्रमुख शेरोन डिमान्चेले केन्याको राजधानी नैरोबीमा महिला मञ्चको कार्यक्रममा अन्तराष्ट्रिय आप्रवासीमा शरणार्थीका साथै सुरक्षा र अवसर खोज्ने विभिन्न देशका नागरिकहरू रहेका बताएका हुन् ।
उनकाअनुसार केन्यामा सबैभन्दा धेरै आप्रवासीहरू सोमालिया, युगान्डा, दक्षिण सुडान र प्रजातान्त्रिक गणतन्त्र कङ्गोका रहेका छन् । संयुक्त राष्ट्रसंघ आप्रवासी एजेन्सीका अधिकारीले बताए अनुसार केन्या प्रवेश गर्ने अन्तराष्ट्रिय आप्रवासीहरू राजनीतिक अस्थिरता र जलवायु परिवर्तनका कारण सृजित नकारात्मक प्रभावबाट पीडित रहेका छन् ।