मन्त्रिपरिषद्का दुई निर्णय : मन्त्री चौधरी न्युयोर्क जाने, स्वास्थ्य सचिवको अवकास



काठमाडौं । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न दुई वटा निर्णय गरेको छ ।

बैठकले महिलासम्बन्धी संघीय राष्ट्र संघको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी सहभागी हुने निर्णय गरेको छ । जसअनुसार उनी कार्यक्रममा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने छिन् । यसअघि उक्त कार्यक्रममा तत्कालीन मन्त्री सुरेन्द्रराज आचार्य जाने तयारी गरेका थिए । तर, सत्ता गठबन्धनमा उलटफेर आएपछि उनी रोकिए ।


यस्तै अवकाशमा जान लागेकी स्वास्थ्य सचिव देव कुमारी गुरागाईको विदाई गर्ने निर्णय पनि भएको छ। उनी शनिबार अवकास हुन लागेकाले त्यसअघि नै बिदाइ गर्ने गरी निर्णय भएको छ।