मजदुरको समस्या एकद्वार प्रणालीबाट समाधान गर्छुः श्रममन्त्री अर्याल



काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले संसारभर रहेका नेपाली मजदुरका समस्या एकद्वार प्रणालीबाट जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार पदबहाली गर्दै मन्त्री अर्यालले भनिन्, “संसारभरि रहेका नेपाली श्रमिकको समस्यालाई एकद्वार प्रणालीबाट सबैभन्दा पहिला समाधानको प्रयास गर्नेछु, त्यो श्रम मन्त्रालयको जिम्मेवारी पनि हो ।” विदेश र स्वदेशमा रहेका श्रमिकको हकहित आफ्नो पहिलो प्राथमिकता हुने उनले बताए ।


त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आज पद बहाली गरेका हुन् । उनले प्रत्यक्ष लाभ हुनेगरी जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।