काठमाडौं । नेकपा माओवादी केनद्रले सरकारमा पठाउने ५ मन्त्रीको नाम टुंग्याएको छ ।
माओवादीले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित तीनजना मन्त्री दोहोरिने भएका छन् । यसअघिको गठबन्धन सरकारमा रहेका ऊर्जामन्त्री शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ गठबन्धन सरकारमा पनि दोहोरिने मौका पाएका हुन् ।
त्यस्तै यसअघिनै मन्त्रीको शयथ लिएका हितबहादुर तामाङसँगै अब अर्थमन्त्रीमा वर्षमान पुन जाने पक्का भएको छ । नयाँ मन्त्रीले आजै शपथ लिनेछन् ।