प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने एकीकृत समाजवादीको निर्णय



काठमाडौं । वर्तमान सत्ता गठबन्धनलाई एकीकृत समाजवादीले समर्थन गरेको छ । आज बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

सचिवालय बैठकको निर्णयअनुसार समाजवादीले सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिने भएको छ।


मंगलबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोटेश्वरमा पुगेर समाजवादी अध्यक्ष नेपालसँग २ घण्टा वार्ता गरेका थिए।

उक्त वार्तामा भएको सहमतिअनुसार समाजवादीले बुधबार सचिवालय बैठक राखेर नयाँ गठबन्धनमा सामेल हुँदै सरकारमा पनि जाने निर्णय लिएको हो।