कीभ । युक्रेनको गुप्तचर एकाइ “समूह १३” ले मङ्गलबार राति कृष्ण सागरमा एउटा रुसी गस्ती जहाजलाई नष्ट बताएको छ । युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले टेलिग्राम पोस्टमा सो घटना उल्लेख गरेको छ ।
रुसी ब्ल्याक सी फ्लीट जहाज “सर्गेई कोटोभ” मागुरा भी-५ समुद्री ड्रोनले केर्च स्ट्रेट नजिकै प्रहार गरेको बताइएको छ ।
अक्रमणबाट जहाजमा व्यापक क्षति पुगेको छ । रुसले हालसम्म उक्त घटना बारे कुनै प्रतिक्रिया दिएको छैन ।