थप १३८६ जनामा काराेना संक्रमण पुष्टि, ११ काे मृत्यु



काठमाडौँ । नेपालमा थप १३८६जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३८६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९६४११९ पुगेको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा थप ८७०४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९०९३४३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११८१४ पुगेको छ ।

क्वारेन्टाइनमा १३७ जना छन् भने आइसोलेसनमा ४५२४८ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।