माल्दिभ्सको समुद्री प्रहरीलेसमुद्रमा बगेका १० जना विदेशी गोताखोर र स्थानीय प्रशिक्षकसहित १३ जनाको उद्धार गरेको छ ।
प्रहरीले समुद्री प्रहरी स्पीड बोटले शुरुमा दक्षिणी हुवाधु एटोलको निर्जन टापु गान नजिकै दुई जना व्यक्तिलाई समस्यामा परेको देखेपछि उद्धारकार्य अगाडि बढाएको थियो ।
समस्याग्रस्त व्यक्तिलाई उद्धार गरेपछि समुद्री प्रहरीले अन्य गोताखोरको उद्धार गरेको थियो । समुद्री सतहमा एक्कासि तीव्र गतिको कडा जलप्रवाह भएपछि समुद्री यात्रामा रहेका व्यक्ति अनियन्त्रित भएर बगेका थिए ।