काठमाडौं । राप्रपा आन्दोलन परिचालन समितिले देशभरि आन्दोलन प्रशिक्षणको निमित्त प्रशिक्षकहरु खटाएको छ । आन्दोलन परिचालन समितिले फागुन ९ गते केन्द्रीय प्रशिक्षक,प्रशिक्षण कार्यक्रम गरेको थियो ।
राप्रपाले राजसंस्था,हिन्दूराज्य स्थापन,संघीयता खारेजी लगायतका विषयहरु समेटेर ४० बुँदे ज्ञापनपत्र प्रधानमन्त्रीलाई वुझाएको थियो । राप्रपाले आगामी चैत १६ गते करिव एक लाख मान्छे काठमाडौं उतार्ने र अवस्था वदल्न व्यवस्था बदलौं भन्दै आफ्ना मागहरु पूरा नहुन्जेलसम्म संघर्ष गर्ने बताएको छ ।
राप्रपाले पहिलो चरण अन्तरगत जिल्लामा केन्द्रीय प्रशिक्षकहरुद्वारा १ दिने अनुशिक्षण कार्यशाला गोष्ठी फागुन २३ गते गर्ने भएको छ । त्यस्तै क्षेत्र, प्रदेश, पालिका, वडा तहसम्म १ दिने आन्दोलन सम्वन्धि अनुशिक्षण कार्यशाला गोष्ठी फागुन २८ मा राखेको छ । त्यस्तै चैत १ देखि ४ सम्म जिल्लामा व्यापक रुपमा कोणसभाहरु गर्ने, ज्ञापनपत्रबारे जानकारी गराउने, चैत ७ गते जिल्लास्तीय विरोध सभा गर्ने, चैत १० गते महानगर,उपमहानगरपालिकामा मोटरसाइकल र्यालि गर्ने र अन्य जिल्लाहरुमा मसाल जुलुस गर्र्दैछ ।
चैत १४ गते पूर्वसुरक्षाकर्मीहरुद्वारा नेपाली झन्डा सहित मार्चपास गर्ने कार्यक्रम तय भएको छ । जिल्लाजिल्लाबाबाट चैत १५ भित्र काठमाडौं प्रवेश गरिसक्ने र चैत १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने कार्यक्रम रहेको महामन्त्री एवं आन्दोलन परिचालन समितिकी सदस्य सचिव कुन्तीकुमारी शाहीले जानकारी दिएकी छन् ।