संसद भवनबाट पक्राउ परेका ४९ जना थुनामुक्त



काठमाडौं । संसद भवनभित्रबाट नियन्त्रणमा लिइएका ४९ जना लघुवित्त ऋणीलाई प्रहरीले छाडेको छ । काठमाडौं प्रहरी परिसरले मंगलबार पक्राउ परेका सबै ४९ जनालाई हाजिरी जमानीमा छाडेको हो ।

काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले म्याद थपेर उनीहरुलाई हाजिरी जमानीमा छाडिएको बताए । तीन दिनअघि संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको दाबी गर्ने समूह प्रहरीलाई ठेल्दै भवनभित्रै प्रवेश गर्न खोजेको थियो ।


सुरक्षामा लापरवाही गरेको भन्दै अहिले संसद भवन सुरक्षार्थ खटाइएको प्रहरी युनिट नै परिवर्तन गरिएको छ ।