ताइवानलाई हतियार बिक्री नगर्न अमेरिकालाई चीनको आग्रह



चिनियाँ सरकारका प्रवक्ताले चीनको ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्री बारे कडा विरोध गरेका छन् । राज्य परिषद्को ताइवान मामिला कार्यालयका प्रवक्ता झु फेङ्ग्लियनले अमेरिकी पक्षलाई ’एक चीन सिद्धान्त’ र ’तीन चीन–अमेरिका संयुक्त विज्ञप्ति’ नीतिको कडाइका साथ पालना गर्न आग्रह गरेका छन् । उनले अमेरिकालाई ताइवानलाई तुरुन्तै हतियार बिक्री रोक्न समेत आग्रह गरेका छन् ।

ताइवानलाई करिब ७५ मिलियन अमेरिकी डलरको हतियार बेच्न अमेरिकी सरकारले हालै दिएको स्वीकृतिकाबारेमा सोध्दा उनले यस्तो बताएका हुन् । प्रवक्ता झुले ताइवानमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका अधिकारीहरूलाई उनीहरूको स्वतन्त्रता एजेन्डाका लागि अमेरिकी समर्थन खोज्ने र बलद्वारा स्वतन्त्रता पछ्याउने प्रयासले ताइवानलाई खतरनाक रूपमा युद्धको नजिक लैजाने र ताइवानका जनतालाई खतरामा पार्ने चेतावनी दिएका छन् ।