टी–२० त्रिदेशीय क्रिकेट शृङ्खला : आज नामिबिया र नेदरल्यान्ड्स भिड्दै



काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ । टियु मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९: ३० बजेदेखि शुरु हुने छ ।

जारी सिरिजमा नामिबिया र नेदरल्याण्डसले एक एक खेल जितेका छन् । दुवैले नेपालविरुद्धका खेल जितेका छन् । सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो भने नेदरल्याण्डसले नेपालमाथि २ रनको जित हासिल गरेको थियो ।


आइसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।

सिरिजको खेल तालिका

– नेपाल भर्सेज नामिबिया, फागुन १५ गते मंगलबार ।
– नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १६ गते बुधबार ।
– नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन १७ गते विहिबार ।
– नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार ।
– नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार ।
-नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार ।  
– फाइनल, फागुन २२ गते मंगलबार ।