रुसमा एकैदिनमा भएका कोरोना सङ्क्रमितको संख्या अहिलेसम्मकै धेरै



रुसमा गएको २४ घन्टायता एकै दिनमा भएको कोरोना भाइरस सङ्क्रमण दर सबैभन्दा धेरै भएको बताइएको छ । यहाँ बिहीबार अघिल्लो २४ घन्टायता १ लाख ५५ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखा परेको छ । यो संख्या एकै दिनमा भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

त्यस्तै यो अवधिमा कम्तीमा पनि ६६५ जनाको ज्यान गएको बताइएको छ । यहाँ अहिलेसम्ममा ३ लाख ३३ हजार ३५७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । रुसमा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरुको संख्या बढेको पनि पाइएको छ । रुसमा सबैभन्दा बढी यहाँको राजधानी मस्को प्रभावित भएको छ ।


अहिले देखिएका सङ्क्रमितहरुमा पनि पछिल्लो समयमा सबैभन्दा बढी मस्कोमा नै भेटिएका छन् । यहाँ ओमिक्रोन भेरियन्ट पहिलेका वेभहरुको तुलनामा बढी नै फैलिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।