समाजवादी मोर्चाको बैठक बस्दै, यस्ता छन् एजेण्डा



काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बस्ने कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

बैठकमा अहिलेसम्म देशभर भएका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल हुनेछ । त्यस्तै सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे समेत छलफल हुने श्रेष्ठले जानकारी दिए ।


मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहभागी छन् । मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन् ।