सुनको मुल्य घट्यो



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । भने चाँदीको मुल्य भने स्थिर रहेको छ ।

आज सुनको मुल्य प्रतितोला ३०० रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मैगलबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ ।


सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो। सोमबार भने सुनको कारोबार स्थिर रहेको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।