शिक्षा समितिको बैठक बस्दै



काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।

बैठक संघीय संसद सचिवालय, सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने जनाइएको छ ।


आजको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुने कार्यसूची रहेको छ ।