नासाले महासागरको जलस्वास्थ्य, वायुको गुणस्तर र मानवताको अनुकूलनताका लागि बदलिँदो मौसमका प्रभावहरू अध्ययन गर्न एउटा नयाँ उपग्रह मिसन प्रक्षेपण गरेको छ ।
त्यसका लागि पेस नाम दिइएको प्लान्क्टन, एरोसोल, जलवायु, महासागर इकोसिस्टम उपग्रह फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट प्रक्षेपण गरिएको छ । नासाले प्रक्षेपण भएको पाँच मिनेटपछि सो उपग्रहबाट सूचना प्राप्त गर्न शुरु गरेको बताएको छ ।
नासाका अनुसार पेस मिसनले साना, प्रायः अदृश्य चीजहरू जस्तै पानीमा सूक्ष्म जीवन र पृथ्वीको सयौं माइल माथिबाट हावामा सूक्ष्म कणहरूको प्रभावको बारेमा अध्ययन गर्नेछ ।
यस कार्यक्रमबाट स्याटेलाइटको हाइपरस्पेक्ट्रल ओशन कलर इन्स्ट्रुमेन्टले अन्वेषकहरूलाई पराबैंजनी, देखिने र नजिकको इन्फ्रारेड प्रकाशको स्पेक्ट्रममा महासागरहरू र अन्य जल गतिविधिको मापन गर्न सहज हुने बताइएको छ ।
वैज्ञानिकहरू र तटीय स्रोत प्रबन्धकहरूले मत्स्यपालनको स्वास्थ्य पूर्वानुमान गर्न, हानिकारक अल्गल ब्लुमहरू ट्रयाक गर्न र समुद्री वातावरणमा देखिने परिवर्तनहरू पहिचान गर्न डेटा प्रयोग गर्न सक्ने पनि बताइएको छ ।