काठमाडौं । वैदेशिक रोजगार विभाग ईपीएस शाखाले कोरियन भाषा परीक्षाको मिति तय हुन अझै केहि दिन लाग्ने जानकारी दिएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ईपीएस भाषा परीक्षाको मिति तय हुन अझै दिनको समय लाग्ने बताएको हो ।
कार्यालयले यसअघि १९ मंसिरमा सूचना जारी गर्दै उत्पादनमूलक क्षेत्रतर्फको कोरियन भाषा परीक्षाबारे माघ २२ गते सूचना प्रकाशित गर्ने बताएको थियो । तर, प्राविधिक कारणले परीक्षाबारे विस्तृत विवरण सार्वजनिक गर्न केहि समय लाग्ने जानकारी दिएको हो ।
आवेदनहरूलाई रूजु गर्ने काम नसकिएकाले परीक्षा मिति सार्वजनिक गर्न अझै समय लाग्ने ईपीएस कोरिया शाखाका शाखा अधिकृत कमल श्रेष्ठले बताए । ईपीएसमार्फत कोरिया जानका लागि १ लाख ६४ हजार भन्दा बढिले आवेदन दिएका छन् ।