संसद्मै अनशन बस्ने सांसद खानको चेतावनी



काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले संसद्मै अनशन बस्ने चेतावनी दिएका छन् ।

बुधबार बसेको संसद् बैठकको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद खानले बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने पूल समयमै नबनेको भन्दै अनशन बस्ने चेतावनी दिएका हुन् ।


‘बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जबदीघाटको पुल निर्माणको निम्ति पूर्वमन्त्री माननीय ज्युले पटक-पटक आवाज उठाउँदा र अनसनस समेत बस्दा त्यो कुराको सुनुवाइ भएको छैन्’ जनमत पार्टीका सांसद खानले भने ।

यसअघि रास्वपाले बुटवल नारायनघाट सडकको स्तरोन्ती गर्न माग गर्दै रास्वपाले दवाव यात्रा गरेको थियो । उक्त यात्राबारे सहमति जनाउँदै उनले थपे, ‘यस्ता जनहितकारी कामहरु समयमा नभएकोमा दुःख व्यक्त गर्दछु । र यस्ता काम अब उप्रान्त भएन भने म पनि यो सदनमा अनसनमा बस्नका लागि तयार हुन्छु ।’