भारतमा कोरोना भाइरसबाट एक लाख ६७ हजार भन्दा बढी सङ्क्रमित



भारतमा कोरोनाभाइरसका कारण थप एक ६७ हाजार भन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १४ लाख ६९ हजार ४९९ सङ्क्रमित भएका केद्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ ।

सरकारी अधिकारीहरूले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ६७ हजार ५९ नयाँ सङ्क्रमित भएका हुन । पछिल्लो एक दिनमा भारतमा एक हजार १९२ जनाको कारोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै कोरोना भाइरसका कारण मृत्यु भएका कुल मृतकको सङ्ख्या चार लाख ९६ हजार २४२ पुगेको छ । मन्त्रालयले १७ लाख ४३ हजार ५९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।


यस अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो । सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा दुई लाख ५४ हजार ७६ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यसैसंगै भारतमा तीन करोड ९२ लाख ३० हजार १९८ जना कोरोना सङ्क्रमण मुक्त भएका छ।