रुसद्वारा सिरिया र इराकमा भएको अमेरिकी हमलाको निन्दा



रुसले सिरिया र इराकमा अमेरिकी आक्रमणको कडा निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मार्फत पछिल्लो घटनाक्रमको तत्काल समीक्षा गर्न माग गरेको रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले बताएका छन् ।

इराक र सिरियामा रणनीतिक वमवर्षक सहितको अमेरिकी हवाई आक्रमणले, मध्य पूर्वमा अमेरिकी नीतिको आक्रामक प्रकृति र वाशिङ्गटनको अन्तर्राष्ट्रिय कानूनको पूर्ण अवहेलना गर्ने प्रवृत्ति देखिएको जाखारोभाले उल्लेख गरेका छन् ।


प्रवक्ताले संयुक्त राज्य अमेरिकाले जानाजानी हमला गरेर यस क्षेत्रका ठूला देशहरूलाई द्वन्द्वमा फसाउन खोजेको बताए । जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरमा भएको घातक हमलाको बदलास्वरूप अमेरिकाले शुक्रबार सिरिया र इराकमा रहेको इरानसँग सम्बन्धित मिलिशियाका लक्ष्यहरूमा आक्रमण गरेको थियो ।