सुदूरपश्चिमका मन्त्री साउदविरुद्ध प्रहरीमा उजुरी



काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउदविरुद्ध उजुरी परेको छ । बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले आइतबार मन्त्री साउदविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका हुन् ।

केही समयअघि ऋण लगेको पैसा फिर्ता माग्दा मन्त्रीले ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी आएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देबेन्द्र पालले जानकारी दिए । बोहराले साउदलाई विभिन्न मितिमा पैसा दिएको तर फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएको उजुरीमा उल्लेख गरेका छन् । साथै उनले आफ्नो सुरक्षाको समेत माग गरेका छन् ।