काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कारबाहीको सिफारिस कार्यान्वयन नगरिएको भन्दै दोषीको नाम सार्वजनिक गरेको छ । आयोगले आर्थिक वर्ष ०७९ / ८० मा मानवअधिकार उल्लंघनका घटनामा जोडिएका राजनीतिक दलका नेता कार्यकर्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी लगायतलाई कारबाही गर्न सिफारिस गरेको थियो । तर आयोगको सिफारिस कार्यान्वयन नभएपछि आयोगले दोषीको नाम सिफारिस गरेको हो ।
आयोगका अनुसार २०७९/ ८० मा मानव अधिकारको उल्लङ्घन वा हननका एकसय वटा उजुरी आयोगमा दर्ता भएका छन् । यो अवधि र अघिल्ला वर्षहरूमा दर्ता भएका सहित ३५४ उजुरीमाथि अनुसन्धान सम्पन्न भएको पनि आयोगले जनाएको छ ।
आयोगले नेपाल प्रहरीतर्फ प्रहरी जवानदेखि प्रहरी उपरीक्षकसम्म ३२ जनाको नाम सार्वजनिक गरेको छ । त्यस्तै, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरी बलका १/१ जना र नेपाली सेनाका ४ जना मानव अधिकार उल्लंघनका दोषी रहेको आयोगले जनाएको छ ।