इजरायली सैनिकहरूले खान युनिसमाथि आफ्नो परिचालन नियन्त्रणलाई बलियो बनाउँदै लगेको इजरायली रक्षा बलले बताएको छ । खान युनिस गाजाको दोस्रो ठूलो शहर हो र यसलाई हमास नेता याह्या सिनवारको व्यक्तिगत गढ पनि मानिन्छ ।
उनको परिवार त्यहाँ बस्ने गरेको अनुमान छ । ओज ब्रिगेडका कमाण्डोहरुले शहरी युद्धमा विशेषज्ञ, स्नाइपर फायर, सटीक मिसाइलहरू र ट्याङ्क फायर प्रयोग गरेर थुप्रै आतङ्ककारी टोलीहरूलाई नष्ट गरेको दाबी गरिएको छ । साथै अन्य चार आतङ्ककारीहरू नजिकको लडाइँमा मारिएको बताइएको छ ।
एउटा विशेष अपरेशनमा स्नाइपरहरूले थुप्रै आतङ्ककारीहरूलाई तिनीहरूको सुरुङबाट झुक्याएर मारेको दाबी इजरायली सेनाले गरेको छ । प्यालेस्टिनी इस्लामिक जिहादको खुफिया कमाण्डरको छुट्टै कमाण्ड र नियन्त्रण केन्द्रमा पनि छापा मारिएको र थप हतियारहरू फेला परेको सेनाले जनाएको छ ।