काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल नेपाल आइपुगेको छ । बंगलादेश हुँदै प्रतिनिधिमण्डल शुक्रबार नेपाल आइपुगेको हो ।
उपमन्त्री सुनले नेपाल भ्रमणको क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न दलका नेताहरूसँग भेट गरी छलफल गर्ने बताइएको छ ।