आगलागीबाट पाँच लाख बराबरको क्षति



वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित एक घरमा आज आगलागी हुँदा करिब पाँच लाख मूल्य बराबरको धनमाल क्षति भएको छ ।

स्थानीय कलमोदिन मियाँको पक्की घरमा बिजुलीको तार सर्ट भई अचानक आगलगी हुँदा करिब रु पाँच लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा रहेको खाद्यान्न, फर्निचरलगायत सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


घरमा लागेको आगो प्रहरी र स्थानीयवासी मिलेर निभाएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।