सुनिल पौडेल र विकल पौडेललाई ७ दिन थुनामा राख्न अनुमति



काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई ७ दिन थुनामा राख्ने अनुमति दिएको छ।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई, मुरारीबाबु श्रेष्ठको इजलासले अनुसन्धानका लागि थुनामा राख्ने आदेश गरेको हो ।


आफूहरूलाई पक्राउ गर्न नमिल्ने र म्याद थप समेत गर्नु कानुन विपरीत भएको दाबी गरेका थिए । विशेष अदालतमा उनीहरुले कानुन व्यवसायी राखेर बहस गर्नुपर्ने माग राखेका थिए । त्यसपछि विशेष अदालतले दुवै पक्षबाट बहस गराएपछि हिरासतमा राख्ने आदेश गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवैलाई  बुधबार अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको थियो ।

विकल पौडेलमाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितताको आरोपमा मुद्दा दायर भइसकेको छ भने सुनिलमाथि पेमेन्ट गेट–वे अनियमिततामा मुद्दा चलिरहेको छ ।