थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि, ६ काे मृत्यु



काठमाडौँ । नेपालमा थप ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९४७३९२ पुगेको छ ।


त्यस्तै पछिल्लाे २४ घण्टामा थप ५९२४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८४८३४८ पुगेको छ । हाल नेपालमा संक्रमणमुक्त हुने दर ८९.५ प्रतिशत रहेकाे छ ।

त्यस्तै पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११७०३ पुगेको छ । हाल काराेनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेकाे छ ।

क्वारेन्टाइनमा १३९ जना छन् भने आइसोलेसनमा ८७३४१ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।