६१ किलो सुन प्रकरणः ६ प्रतिवादीलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश



काठमाडौं । उच्च अदालत पाटनले ६१ किलो सुन प्रकरणका ६ जना प्रतिवादीलाई धरौटीमा छाड्न आदेश दिएको छ । बुधबार न्यायाधीशद्वय धीरबहादुर चन्द र कृष्णराम कोइरालाको इजलासले ६ जनाको हकमा जिल्लाको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको छ ।

१२ जनाको हकमा भने जिल्लाको आदेश सदर भएको छ । अदालतले कृष्णकुमार श्रेष्ठ र पुष्करराज भट्टलाई जनही एकलाख रुपैयाँ, यादव पराजुली र सुदर्शन गौतमसँग २ लाख, गणेशप्रसाद पौडेल र वीरेन्द्र नेपालीसँग पाँच/पाँच लाख रुपैयाँ धरौटी माग गरिएको छ ।


उच्च अदालतले दावा छिरिङ, थुप्तिन छिरिङ, दिलिप भुजेल, रामकुमार भुजेल, राजेन्द्रकुमार राई, सुमन खरेल, शिवकुमार सर्राफ, किशोर बस्नेत, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ र हर्कराज राईलाई थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको छ ।