पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले मस्कोको आक्रमणको करिब दुई वर्षपछि युक्रेनप्रति समर्थन देखाउन गरेको किएभको भ्रमणमा युक्रेन र रुसबीचको युद्धलाई ‘राम्रो र नराम्रोबीच’ को लडाइँ भनेका छन् ।
डिसेम्बरमा पोलिश प्रधानमन्त्रीका रूपमा फर्किएका टस्कले आफ्नो छिमेकीलाई युद्ध जित्न मद्दत गर्न ‘सबै कुरा गर्ने’ वाचा गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको पत्रकार सम्मेलनमा टस्कले युक्रेनमा राम्रो र नराम्रोबीचको विश्व मोर्चा चल्ने बताए ।
सन् २०२२ मा मस्कोले आक्रमण सुरु गरेदेखि पोल्यान्ड युक्रेनको सबैभन्दा कट्टर सहयोगीहरूमध्ये एक रहेको छ । यद्यपि पोल्यान्डको अघिल्लो पपुलिस्ट सरकारअन्तर्गत आर्थिक विवाद तथा राजनीतिक तनावका कारण गत वर्षको दोस्रो छ महिनादेखि यी छिमेकीहरूबीचको सम्बन्ध बिग्रिएको थियो । उनले युद्धमा पोल्यान्डको सुरक्षा पनि ‘खतरमा’ रहेको बताए । युरोपेली परिषद्का पूर्वअध्यक्ष टस्कले युक्रेन युद्धमा विरोध गर्ने नेताहरूको आलोचना गरे ।