रवि लामिछानेविरुद्धको राहदानी दुरुपयोग मुद्दा खतिवडा र सुवेदीको संयुक्त इजलासमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर भएको राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा आज सुनुवाइका लागि पेशी तोकिएको छ ।

आज (आइतबार) सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायधीशद्वय इश्वर खतिवडा र डा.नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त मुद्दा पेशी तोकिएको छ ।


अमेरिकी नागरिकता कामयै रहेको अवस्थामा रवि लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै युवराज पौडेल ‘सफल’ ले मुद्दा दायर गरेका थिए ।