पर्यटनमन्त्री किरातीले सार्वजनिक गरे एक वर्षका काम र उपलब्धीहरु (पूर्णपाठसहित)



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्नो एक वर्षे कार्यकालको मुख्यमुख्य काम र उपलब्धी सार्वजनिक गरेका छन् । आज (बुधबार) मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी उनले एक वर्षे अवधिका काम र उपलब्धीहरु सार्वजनिक गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले आफूहरुले मध्यमस्तरको काममा हात हाले पनि त्यसको परिणाम आउन बाँकीनै रहेको बताए । साथै, तीन वटा जहाज खरिद प्रक्रिया अगाडि बढेर अन्तिम चरणमा पुगेको पनि उनले बताए । उक्त विमान आइसकेपछि घाम तापेर बसेका २३ वटा विमानस्थलमा पूर्ण क्षमतामा हवाइ सेवा सञ्चालन गरिने समेत उनले बताए ।


एक वर्षे कार्यकालमा गरेका कामहरुको फेहरिस्तमा पर्यटन ऐन, २०३५, प्रतिलिपि अधिकार संरक्षण ऐन, २०५९, बृहत्तर जनकपुर क्षेत्रविकास परिषद् ऐन, २०५५, प्रचीन स्मारक संरक्षण ऐन, २०१३ लाई समय सापेक्ष संशोधन गर्ने कार्य अन्तिम चरणमा पुगेको बताइएको छ ।

साथै, नयाँ संघीय सस्कृतिक ऐनको मस्यौदा तर्जुमा भएको, पर्यटन विश्वविद्यालय स्थापना सम्बन्धी ऐनको मस्यौदा तयार भएको र नेपाल नागरिक उड्डयान र हवाइ सेवा प्रधिकरण विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिएको एक वर्षे कार्यकालको उपलब्धीहरुमा उल्लेख छ ।

साथै, एक वर्षे अवधिमा अनुसन्धान तथा नवप्रवर्तन, सांस्कृतिक कूटनीति, प्रणालीगत सुधारजस्ता क्षेत्रमा गरेका कामहरुको उल्लेख गरिएको छ ।

https://drive.google.com/file/d/1hOgtZ7iUvyGAZWuRB5Cd2zlCuj2YiALr/preview