ग्रीक स्वामित्वको माल्टाको झण्डावाहक एउटा पानीजहाजमाथि रेड सीमा यमनको तटभन्दा पर क्षेप्यास्त्र हमला गरिएको जलसुरक्षा कम्पनी अम्ब्रेले जनाएको छ।चौबीस घण्टाभित्रै यो विशाल मालवाहक पानीजहाजसँग सम्बन्धित तेस्रो घटना भएको हो ।
जोग्राफिया नाम भएको ठानिएको उक्त पानीजहाजमा सामान्य क्षति पुगेको बताइएको छ । हूथी लडाकुहरूले सोमबार सोही प्रकृतिको पानीजहाजमाथि हमला गरेको बताएका थिए । मङ्गलबार अमेरिकी सेनाले एक कारबाहीका क्रममा गत साता हूथी विद्रोहीहरूतर्फ पठाइँदै गरेका इरानमा निर्मित हतियारहरू जफत गरिएको भनेर घोषणा गर्दैगर्दा थप क्षेप्यास्त्र हमला भएका हुन् ।
अमेरिकी सेनाका अनुसार बलिस्टिक र क्रूज क्षेप्यास्त्रका पार्टपुजा लगायतका उपकरण बरामद गरिएको हो । उक्त कारबाहीमा पाँच दिन लागेको थियो। हवाई प्रतिरक्षासम्बन्धी उपकरणहरू पनि बरामद गरिएको अमेरिकाले जनाएको छ ।
इरानको साथ रहेको उक्त विद्रोही समूहले रेड सीमा पानी जहाजहरूमाथि प्रहार गर्न थालेपछि ११ जनवरीमा अमेरिका र बेलायतले हुथिहरूविरुद्ध कैयौँ हमलाहरू गरेका थिए ।