काठमाडौं । मन्त्रिपरिषद्को निर्णय पालना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयबाट १३ जना कर्मचारीलाई बिदाइ गरिएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयले माघ १ गतेदेखि लागू हुनेगरी १३ जनालाई बिदाइ गरेको हो ।
बिदाइ गरिएकामा एक स्वकीय उपसचिव, चार स्वकीय सहसचिव, एक स्वकीय शाखा अधिकृत र दुई प्रशासन सहायक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैगरी दुई कम्प्युटर सहायक, एक कार्यालय सहायक र दुई सवारी चालक छन् ।
प्रधानमन्त्री प्रचण्डले सरकार गठनको एक वर्ष पुगेको अवसरमा १० पुसमा गरेको सम्बोधनमा सरकारको कार्यशैली बदल्ने भन्दै सुधारको काम प्रधानमन्त्री कार्यालयबाटै शुरू गर्ने बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रीका साथै आफ्नो सचिवालयमा समेत व्यापक हेरफेर गर्ने बताएका थिए । यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले प्रधामनमन्त्रीको सचिवालयमा रहेका ६८ जना कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको थियो । सचिवायलमा रहेका १३ जना कर्मचारीको बिदाईसँगै सरकारले सरकारी खर्चलाई जोगाउन प्रयास गरिरहेको देखिएको छ ।
यी हुन प्रधानमन्त्रीको सचिवालयबाट बिदाई भएका कर्मचारीहरु