निगमको बाइडबडी ग्राउण्डेड, काठमाडौंमा २ सय ७६ र दोहामा २ सय ५४ यात्रु अलपत्र



काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा कम्प्युटर सेन्सर खराबी देखिएकाे भन्दै उडान रद्द गरिएपछि काठमाडौंबाट दोहो जान लागेका २ सय ७६ जना यात्रु अलपत्र परेका छन् । त्यस्तै, उता दोहाबाट काठमाडौं आउन लागेका २ सय ५६ यात्रु दोहामै अड्किएका छन् ।

विमानस्थलस्थित जहाज मर्मत सम्भार सम्बन्धित इन्जिनियरिङ मर्मत विभागले सोमबार राति साढे १ बजे निगमको आरए–२३९ उडान नम्बरको ‘अल्फा लिमा जुलु’ जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा ‘फल्ट’ देखिएपछि जहाज ग्राउन्डेड गरिएको घोषणा गरेको थियो । उडान रद्द भएपछि काठमाडौंमा अलपत्र परेका यात्रुलाई सुन्धारा, गौशाला र ज्ञानेश्वरका होटलमा राखिएको निगमका एक एक कर्मचारीले बताए ।


निगम स्रोतका अनुसार इन्जनियरिङ विभागले उक्त जहाज कतिबेला मर्मत गर्छ भन्ने यकिन छैन । निगमसँग दुईवटा न्यारो र दुइटा वाइडबडी जहाज छन् । यीमध्ये एउटा न्यरोबडी मर्मतका लागि इजरायलमा पठाइएको छ भने एउटा वाइडबडी दुबईबाट फर्किँदैछ । त्यो जहाज मंगलबार बेलुकी जापानको नारिता उड्नुपर्ने तालिका भएपनि काठमाडौंबाट दिल्ली जानुपर्ने वा दिल्ली उडान रद्ध गरेर दोहो उड्नुपर्ने छ । त्यहाँबाट फर्केर जापान बेलैमा उड्ने तालिका प्रभावित हुने सम्भावना छ ।