रुसले दुई सयभन्दा धेरै युक्रेनी युद्धबन्दीलाई लामो सजाय सुनाएको बताएको छ । क्रेमलिनको आक्रमणको करिब दुई वर्षपछि केहीले आजीवन कारागारको सजाय पाएका छन् । रुससँग हजारौँ युक्रेनी बन्दी छन् ।
तीमध्ये धेरैलाई सन् २०२२ मा बन्दरगाह सहर मारिउपोल घेराबन्दीका क्रममा लगिएको थियो । किएभ र अन्तर्राष्ट्रिय अधिकार समूहहरूले युद्धबन्दीहरूमाथि मस्कोको परीक्षणहरूलाई अवैध भन्दै निन्दा गरेका छन् ।
दुई सयभन्दा बढी युक्रेनी सैन्यकर्मीहरूलाई नागरिकको हत्या र युद्धबन्दीहरूसँग दुर्व्यवहार गरेको आरोपमा लामो कारगार सजाय सुनाइएको रुसको अनुसन्धान समितिका प्रमुख अलेक्जेन्डर बास्ट्रिकिनले बताएका छन् ।
उनले ‘उच्चस्तरीय अधिकारीहरू’ सहित युक्रेनी सैन्य कर्मचारीहरूमाथि मस्कोले मुद्दा चलाउने आफ्नो प्रयासलाई ‘जारी राख्ने’ वाचा गरेका छन् । धेरै युक्रेनी युद्धबन्दीहरूलाई रुसले कब्जा गरेको पूर्वी युक्रेनमा राखिएको छ भने अन्यलाई रुस लगिएको छ ।