टुँडिखेलमा भीड अनियन्त्रित हुँदा ८ जना घाइते



काठमाडौं । काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा ८ जना घाइते भएका छन्

सोमबार मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो।


मगर र थारु समुदायले आयोजना गरेको अलग-अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भिडभाडका क्रममा घाइते हुन पुगेका हुन् । प्रहरीका अनुसार भिडमा चेपिएर घाइते भएका ८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । उनीहरुको अवस्था सामान्य छ । प्रहरीले भीडलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।