राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा गठबन्धन उम्मेदवार विजयी



धनगढी । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि बुधबार भएको निर्वाचनबाट सत्ता साझेदार दलका उम्मेदवार विजयी भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारलाई पराजित गरी गठबन्धन दल नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राष्ट्रिय सभा सदस्यमा विजयी भएका छन् ।


खुलातर्फ उम्मेदवार भएका नेपाली काङ्ग्रेसबाट कैलालीका नारायणदत्त मिश्र विजयी भए । उनले प्रदेश सभातर्फ र स्थानीय तहतर्फ समान १८७२ .मतभार प्राप्त गरे ।

यसैगरी, महिला खुलातर्फ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट उम्मेदबार कैलालीका मदनकुमारी शाह (गरिमा) विजयी भइन् । उनले प्रदेश सभातर्फ १८७२ र स्थानीय तहतर्फ १९६२ मतभार प्राप्त गरेर जित हासिल गरिन् ।

यसैगरी, दलिततर्फ नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार जगत पार्की विजयी भए । गठबन्धनबाट उम्मेदवार भएका उनले प्रदेशतर्फ १८७२ र स्थानीय तहतर्फ १८९० मतभार प्राप्त गरेर विजयी भए ।