बाँदर व्यवस्थापनका लागि सहयोग माग्दै आरजुले लेखिन् भारतीय दूतावासलाई पत्र



काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले बाँदर व्यवस्थापनका लागि भारतीय राजदूतावाससँग सहयोग माग गरिएको बताएकी छन् । आज (बिहीबार) समितिको बैठकमा उनले यस्तो बताएकी हुन् ।

भारतीय राजदूतावासले आफूले पठाएको पत्रको रेस्पोन्स गरिसकेको बताउँदै उनले छिट्टैनै १० जना भेटेनरी डाक्टरहरुलाई मास्टर ट्रेनिङका लागि पठाइने बताईन् ।


‘बाँदरलाई कसरी व्यवस्थापन गर्ने भनेर मित्रराष्ट्र भारतको राजदूत साबलाई चिठी लेखेको थिएँ । रेस्पेन्स गर्नुभएको छ । नेपालका १० जना भेटेनरी डाक्टरहरुलाई मास्टर ट्रेनिङ र स्काउटहरुलाई ट्रेनिङको लागि १÷२ महिनाभित्र नै हामी पठाउँछौं,’– उनले भनिन् ।

साथै, कृषी अर्थतन्त्रको मेरुदण्ड रहेको बताउँदै उनले कूल बजेटको पाँच प्रतिशत रकम कृषिमा लगानी गर्नुपर्ने बताईन् । उनले किसानहरुलाई बाँदरले दिएको हैरानीप्रति दुःख व्यक्त गरिन् ।