काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बिहीबार पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेको थियो । सो दिन सुन एक लाख १८ हजार ५०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदीको मुल्य भने स्थिर रहेको माहासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको र यसअघि बुधबार पनि सोहीमूल्यमा चाँदीको कारोबार भएको थियो ।