काठमाडौँ । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय र टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ ।
एकदिवसीय र टेस्टबाट सन्यास लिएका डेभिड वार्नरको स्थानमा स्टिभ स्मिथ टेस्टमा ओपनरको भूमिकामा देखिने भएका छन् । त्यस्तै स्मिथले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय टोलीको नेतृत्व पनि सम्हाल्नेछन् ।
ब्याकअप ओपनरका रूपमा म्याट रेन्साले पनि टेष्ट टोलीमा स्थान पाएका छन् । नियमित कप्तान प्याट कमिन्सले एकदिवसीय सिरिज खेल्ने छैनन् । उनलाई सिरिजबाट आराम दिइएको छ । टोलीले डिसेम्बर १७ बाट घरेलु मैदानमा वेस्ट इन्डिजसँग २ टेस्टको सिरिजको पहिलो खेल खेल्नेछ ।
स्मिथले पहिलो पटक टेष्टमा ओपनिङ गर्ने भएका छन् । मुख्य चयनकर्ता जर्ज बेलीले डेभिड वार्नरको स्थानमा स्मिथ ओपनिङ गर्ने पुष्टि गरेका छन् । उनले उस्मान ख्वाजालाई साथ दिनेछन् । तीनवटै फर्म्याटमा अष्ट्रेलियाको कप्तानी गरेका स्मिथले हालसम्म १०५ टेस्ट खेलिसकेका छन् । तर एकपटक पनि ओपन गर्ने मौका पाएनन् । यस्तो अवस्थामा उनी वेस्ट इन्डिजविरुद्ध पहिलो पटक ओपनिङमा देखिनेछन् ।
स्मिथले टोली घोषणा हुनुअघि नै टेष्ट ढाँचामा ओपनिङ गर्न चासो देखाएका थिए । पाकिस्तानविरुद्धको सिड्नी टेस्टअघि स्मिथले आफू ओपनिङ गर्न चाहेको बताएका थिए । तर, टोलीका कप्तान प्याट कमिन्स भने स्मिथलाई मध्यक्रमबाट हटाउने पक्षमा थिएनन् । किनभने स्मिथ सन् २०१३ देखि लगातार चौथो नम्बरमा ब्याटिङ गरिरहेका छन् ।
कप्तान प्याट कमिन्सलाई वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिजमा आराम दिइएको छ । उनीहरुसँगै मिचेल स्टार्क, जोस हेजलवुड र मिचेल मार्सले पनि एकदिवसीय सिरिज खेल्ने छैनन् । यस अवधिमा स्टिभ स्मिथले टोलीको कप्तानी गर्नेछन्।
टोलीमा फास्ट बलर लान्स मोरिस, जे रिचर्डसन, आरोन हार्डी, म्याट सर्ट र नाथन एलिसलाई मौका दिइएको छ । जब कि मार्कस स्टोइनिस बाहिरिएका छन् ।
अष्ट्रेलियाको टोली
पहिलो टेस्टको टिम: प्याट कमिन्स (कप्तान), उस्मान ख्वाजा, म्याट रेन्सा, मार्नस लाबुस्चेन, स्टिभ स्मिथ, ट्राभिस हेड, मिचेल मार्स, एलेक्स केरी, नाथन लियोन, मिचेल स्टार्क, जोस हेजलवुड, स्कट बोलान्ड र क्यामरुन ग्रीन।
एकदिवसीय टोली: स्टिभ स्मिथ (कप्तान), शन एबोट, नाथन एलिस, क्यामरन ग्रीन, आरोन हार्डी, ट्राभिस हेड, जोस इङ्लिस, मार्नस लाबुस्चेन, ग्लेन म्याक्सवेल, लान्स मोरिस, झे रिचर्डसन, म्याट शर्ट र एडम जाम्पा।