सुर्खेत । एपीएफ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
बुधबार वीरेन्द्रनगरस्थित खुलामञ्चमा भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-० ले हराँउदै विभागीय टिम एपीएफ फाइनलमा पुगेको हो । डिफेन्डिङ च्याम्पियन समेत रहेको एपीएफले गण्डकीलाई २५-२३, २५-२० र २५-१५ को सोझो ३ सेटमा पराजित गरेको थियो ।
अब फाइनलमा एपीएफले आजै हुने दोस्रो सेमिफाइनल खेलका विजेतासँग भिड्ने छ । दोस्रो सेमिफाइनलमा नेपाल आर्मी र नेपाल पुलिस क्लब भिड्दै छन् ।
नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा जारी यस प्रतियोगिताको फाइनल खेल बिहीबार हुनेछ ।