काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ ।
नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरसँग सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ ।
भेटका क्रममा सभामुख घिमिरेले सन् १९९९ अगस्ट १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात नेपाल र आयरल्याण्डबीच मैत्रिपूर्ण एवम् सौहार्द्रपूर्ण सम्बन्ध रहिआएकोमा खुशी व्यक्त गरे ।
संसदीय लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्रता आफूहरूको साझा प्रतिवद्धताहरू रहेका बताउँदै उनले आयरल्यान्डको संसदमा आयरल्याण्ड-नेपाल संसदीय मैत्री समूह गठन भएकोमा खुशी लागेको बताए ।