काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका संचालक समितिका अध्यक्ष हर्कबहादुर कठायत र सदस्य विनोदकुमार ओझा पक्राउ गरेको छ ।
केन्द्रीय कार्यालय तीनकुनेमा रहेको रियल गोर्खा सहकारीले जोरपाटी र भक्तपुरभित्रका सहकारीका शाखा कार्यालयहरूमार्फत बचतकर्ताको रकम अपचलन गरेको अरोपमा पक्राउ परेका हुन् ।
सीआईबीका एसपी नवराज अधिकारीका अनुसार अध्यक्ष कठायतसहित सञ्चालक समितिले बचतकर्ताको १२ करोड ३५ लाख ४८ हजार रुपैयाँ अपचलन गरेको खुलेको छ ।
साथै सीआईबीले उल्लेखित सहकारीबाट पिडित निक्षेपकर्ताहरुले यथाशिघ्र ब्यूरोमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।