काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गरेका छन् ।
सोमबार बिहान कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा सिटौलाले उम्मेदवारी दर्ता गरेका हुन् ।
सिटौलाको प्रस्तावकमा कोशी प्रदेश सभा सदस्य प्रदीप सुनुवार र समर्थक हिमाल कार्की रहेका छन् ।
यस अघि २०७४ र २०७९ को आम निर्वाचनमा प्रतिनिधि सभामा राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका सिटौला राष्ट्रिय सभाको अध्यक्ष बन्ने चर्चा रहेको छ ।