काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले उम्मेदवार टुंगो लगाएको छ ।
सत्ता गठबन्धनको भागअनुसार दुई सिट पाएको समाजवादीले बागमती प्रदेशमा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीमा सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बागमतीमा दलित क्लस्टरबाट घनश्याम र कर्णालीमा महिलाबाट सावित्रीलाई उम्मेदवार बनाउने निर्णय भएको पार्टी उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।
जम्मा १९ सिटमध्ये नेपाली कांग्रेसलाई १०, नेकपा माओवादी केन्द्रलाई ६, एकीकृत समाजावादीलाई २ र जसपालाई एउटा सिट छुट्याइएको छ ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको ६ वर्षे कार्यकाल पूरा हुँदै छ । तीमध्ये १९ जना चुन्न आगामी माघ ११ गते निर्वाचन गर्न लागिएको हो । एक जना भने राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ ।